Gold
Bangad salyan

राप्रपाका ज्ञानेन्द्र शाही चुबावी सहयोग माग्दै लाईभमा

फाल्गुन १६

जुम्ला – राप्रपाका नेता ज्ञानेन्द्र शाहीले चुनावमा आर्थिक सहयोग गरिदिनु अपिल गरेका छन।

उनले सामाजिक संजालमा आउँदै स्वच्छ राजनीति, इमानदार नेतृत्व र जनताको भरोसामा चुनावमा अगाडि बढेको बताउँदै सबैबाट सहयोग मागेका हुन।

चुनावको समयमा कालोबजारी गर्ने, दुई नम्बरी काम गर्ने र अवैध आर्जन गर्ने व्यक्तिहरूसँग सहयोग नलिने उनको भनाई छ।

चुनाव जितेपछि उनीहरूका अपराधमा आँखा चिम्म गर्नुपर्ने अवस्था आउने पनि उनले बताए ।

त्यसैले हाम्रो प्रतिबद्धता स्पष्ट छ—चुनाव नागरिकको सेवा, सुशासन र पारदर्शिताका लागि लडिन्छ, कुनै स्वार्थ समूहको संरक्षणका लागि होइन।

हामी स्वच्छ राजनीति, इमानदार नेतृत्व र जनताको भरोसामा आधारित अभियान अगाडि बढाइरहेका छौं।

त्यसैले चुनावी अभियानलाई शुद्ध, पारदर्शी र जनमुखी बनाउन तपाईँहरू सबैले आफ्नो क्षमताअनुसार स्वेच्छिक सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछु।

जनताको सानो–सानो सहयोगले नै ठूलो परिवर्तन सम्भव हुन्छ।
आउनुहोस्, स्वच्छ राजनीति र जिम्मेवार नेतृत्वका लागि हातेमालो गरौं। शाहीले भनेका छन।
9761767374