Gold
Bangad salyan

बनगाड कुपिन्डेमा जेनजि युवाहरु कम्युनिस्ट पार्टीमा प्रवेश मल्लले गरेर स्वागत

फालगुन१७

सल्यान – कम्युनिस्ट पार्टीका उमेदवार रमेश कुमार मल्लले एक दर्जन बढी जेनजि युवाहरुलाई पार्टी प्रवेश गराएका छन।

हिजो चुनावी अभियानको क्रममा बनगाड कुपिन्डे नगरपालिका ११ ढोर पिपलमा उनीहरुलाई प्रवेश गराएका हुन। कम्युनिस्ट पार्टी सल्यानका उमेदवार रमेश कुमार मल्ल एक जुझारु युवा भएको र जेनजिका मागहरुलाई सम्बोधन गर्ने भएको हुँदै जेनजिहरु प्रवेश गरेका थिए ।

उनिहरुले सल्यानि जन्ताले अत्यधिक बहुमत ले मल्लले जित्ने समेत दाबी गरे । सल्यानका विभिन्न वडा टोलमा रमेश मल्लले घर दैलो अभियान गरिरहेका छन।

उनले जन्ताका आधारभुत आवस्यकतालाई पहिले पूरा गर्ने र जन्ताले राखेका मागहरुलाई क्रमश पूरा गर्ने समेत दाबी गरे। रमेश मल्लले हिजो मात्र बनगाड कुपिन्डे नगरपालिकाका ११,७,६ लगायतका वडा टोलमा मतदाता भेट घाट गरिरहेका छन। उनलाई मतदाताले भब्य स्वागत समेत गरेका छन।