Gold
Bangad salyan

सल्यानमा रास्वपाको गाडीबाट ९ कार्टुन बियर बरामद

फालगुन १९

सल्यान – रास्वपाको झन्डा साउन्ड बक्स राखेर चुनावी प्रचारमा हिँडेको जिपबाट प्रहरीले मदिरा र चामलसहितका सामान बरामद गरेको छ भने दुईजना पक्राउ परेका छन् ।

सोमबार बिहानै सल्यानको बन्गाड कुपिन्डे नगरपालिका-१ सल्लीबजारबाट चालक र जिपमा सवार एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सल्लीबजारबाट सामान लिएर खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपका चालक सिद्धकुमाख गाउँपालिका-४ बस्ने २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र सामान लिएर जाने ३७ वर्षीय मोहन बीसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिपबाट ९ कार्टुन बियर , खाने तेल , चामल लगायतको सामान सहित जिप  प्रहरीले नियन्त्रणमा लिएको छ।