Gold
Bangad salyan

बस्ने भो पिरती गीत बजारमा सार्वजनिक

चैत २४

काठमाडौँ – लोकप्रिय गायक रामजी खाँड र गायिका बिन्दु परियारको स्वरमा रहेको ‘बस्ने भो पिरती दोहोरै’ गीतको अफिसियल भिडियो भरत डीसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भरत डीसीको शब्द तथा खेमराज गौत्तमको लय सिर्जनमा रहेको गीतमा प्रेमील जोडिको प्रेमका रंगहरुलाई आकर्षक रुपमा परम्परागत दोहोरी शैलीलाई आधुनिक प्रस्तुतीसँग जोड्दै तयार गरिएका छ ।

आफनी मायालुले दाङ्ग घोराहिमा बोलाएको र आफु जानको लागी प्रेमी तयार भएका छन भने प्रेमीको प्रतिक्षामा रहेको प्रेमीकाले पनी आफनो प्रेमीको प्रतिक्षामा भेटनको लागी आतुर भएको कुरा गीत मार्फत ब्यक्त गरिएको छ ।

बुद्ध थापाको छायाँकन , राज कुमार मगरको सम्पादन तथा म मुकेश नेपालीको कोरियो निर्देशन तथा कोरियोग्राफी गीतको भिडियोमा गरेका छन । ‘बस्ने भो पिरती दोहोरै’ गीतको भिडियोमा विजय पुन र सञ्चिता बोलाखेको अभिनय देख्न सकिन्छ ।