२०८२ अब ईतिहास भैसक्यो अध्यक्ष ओली
काठमान्डौ – नेकपा एमालेका अधय्क्ष केपी शर्मा ओलीले अब नव बर्ष २०८२ अब ईतिहास भएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत २०८३ सालको सुभकामना दिदै अघिल्लो वर्षका सफलता र विफलतालाई इतिहासको जिम्मा छाड्दै विगतको समीक्षा र भविष्यको आकलन गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । ओलीले सुरक्षित र समृद्ध नेपाल निर्माणका लागि पाकाका अनुभव र नयाँ पुस्ताको युवा ऊर्जाबीच सार्थक सहकार्य (सिनर्जी) हुनुपर्ने बताएका हुन् ।
ओलीले भनेका छन् ,सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि – २०८२ अब इतिहास भयो।
इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’ बीचको एक सार्थक ‘सिनर्जी’ सिर्जना गरोस्।
नयाँ वर्ष २०८३ को सबैमा हार्दिक शुभकामना !वैशाख १

