ऋतिक रोशनका बाबु राकेश रोशनलाई क्यान्सर ,
राकेश रोशनलाई घाटीमा क्यान्सर भयको छोरा ऋतिक रोशनले टुइट गरेका छन् ।ऋतिकले लेखेका छन् अहिले सर्जरी राम्रो भएको छ ।राकेशका भाई राजेश रोशनले पनि अहिले स्वास्थ्य स्थिती राम्रो रहेको बताएका छन् ।
उनले केही दिनमा नै राकेशलाई अस्पतालबाट डिस्चार्ज मिल्ने उल्लेख गरेका छन्। ऋतिकले ट्विट गरेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ट्विट गरेर राकेशको शिर्घ स्वास्थ्य लाभको कामना गरेका छन् ।
पछिल्लो समय बलिउड कलाकारमा क्यान्सरको मात्र देखिदै गएको छ ।यो भन्दा पहिले पनि कलाकार इरफान खान, नायिका सोनाली बेन्द्र क्यान्सर रोगबाट पीडित बनेका थिए ।
नेपालि बलिउड कलाकार मनिषा कोईरालापनि क्यान्सर पिडित हुन्। उनले हाल नेपालमा रहेर क्यान्सर पिडित पुस्तक समेत निकालेकि छिन ।
राकेश रोशन चलचित्र ‘कृश ४’को तयारीमा छन् अब स्वास्थ्यका कारणले भने यो कार्य पछाडी सरेको छ ।

