भरतपुरमा कोरोना संक्रमित एक वृद्धको मृ,त्यु,

भदौ १५ ,चितवन – चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक जनाको मृ,त्यु भएको छ ।
भरतपुर महानगरपालिका वडान ६ का ७८ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार विहान ७ बजे र २० मिनेटमा मृत्यु भएको अस्पतालको कोभिड उपचार संयोजक डा. प्रमोद पौडेलले जानकारी दिए ।मृ,तक पुरुषमा भदौ २ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्यमा समस्या भएपछि भरतपुर अस्पतालको आइसियूसहित भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको डा. पौडेलले बताए । यो संगै चितवनमा निधन हुने संक्रमितको संख्या १३ पुगेको छ ।
