Simta
Simta
lekbesi

२६ औं आरोहणको लागि आधारशिविरलाई छोडेर फर्कीए कीर्तिमानी आरोही कामीरिता शेर्पा

Gurvakot

जेठ ११ ,काठमान्डौ – २५ औं पटक सगरमाथाको चुचुरोमा पाइला राखेर कीर्तिमानी आरोही कामीरिता शेर्पा आज काठमाडौं फर्किएका छन् ।

उनी २६ औं पटकका लागि आरोहणको लागि आधारशिविर पुगेका कामीरिता शेर्पा बीचमै छाडेर काठमाडौं आएका हुन् । उनलाई काठमाडौं विमानस्थलमा परिवारले स्वागत गरेका छन् ।

स्वागतका लागि श्रीमती, छोरा लगायत उपस्थित थिए । कामिरिताले १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका थिए । कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

 

lekbesi
Simta