पर्यटन व्यवसायीहरु भन्छन पर्यटन बोर्डमा बस्ताकोटी यस कारण योग्य छन् ,

माघ ११ ,काठमान्डौ – नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) छनोटमा निवर्तमान सिइओ जोसिलाई पछी पार्दै दिपक बस्ताकोटी दुई नम्बर सर्टलिस्टमा पर्न सफल भएका छन् ।

,छनोट समितिमा तिन जनाको नाम अघि सारेपनि दिपक बास्ताकोटीलाई नै नेपाल पर्यटन बोर्डको प्रमुखमा नियुक्त गर्न सकिने सम्भावना धेरैनै देखिन्छ ।

,किनकि ?

गोरखा बारपाक-सुलिकोट गाउँपालीका वडा न ८ पन्द्रुङ जराङ निवासी दिपक बस्ताकोटी बिगत २२ वर्ष देखि पर्यटन क्षेत्र र व्यवसायमा अग्रसर छन् ।

ट्रेकिङ् पोर्टर गाइड हुदै पर्यटन क्षेत्रको विविध विधाहरुमा देश तथा विदेशमा समेत अनुभव लिएका वस्ताकोटी कुल १९ प्रतिस्पर्धिहरुवाट अब्बल छानिदै सिफारिस ३ जना भित्र पर्न सफल भएका हुन् ।

अंग्रेजी र अर्थशास्त्रमा वि एड, अंग्रेजी विषय लिएर २००२ मा एम ए र २०१२ मा एम बि एस ( अन्तर्रास्ट्रिय मार्केटिङ्ग र मार्केटिंग रिसर्च ) गरेका वस्ताकोटीले एम .वि. एस को डिग्रीको लागि पर्यटन बोर्डको मार्केटिंगको विषयमा थेसिस समेत लेखेका छन्।

वस्ताकोटीले २०१७ सालमा पोखरा विश्वविध्य्लयबाट अंग्रेजीमा एम फिल गरेका छन्।

जनयुद्धका पहिलो सहीद दिल वहादुर रम्तेलका तत्कालिन अंग्रेजी शिक्षक वस्ताकोटी एक इमान्दार, जेहन्दार, र सामान्य व्यक्ति हुन् ।

बारपाक सुलिकोट गाउँपालीकाको समग्र विकाशमा सहयोग गर्न गाउपालिकाले गठन गरेको सम्वृद्ध सुलिकोट सल्लाहकार समूहको सदस्य वस्ताकोटी पर्यटन उप-समुहको संयोजकका रुपमा समेत कार्यरत छन् ।

तीन जना सिफारिस मा परेका हरुमध्येका सम्भावित भनेर भनिएका धनन्जय रेग्मी हाल केहि विवादित देखिएका छन् ।

पर्यटनमा छोटो अनुभव भएको र अन्य व्यापार क्षेत्रको व्यक्ति रहेकोले कतिपय पर्यटन व्यवसायीहरुनै र बोर्डका कर्मचारी पनि उनको नियुक्तिमा असन्तुस्ट हुने देखिएको छ ।

डागोबिन्द केसी अनसन बसेका बेला केसिको पछ्यमा नारा जुलुस गर्दै सरकारको बिरूद गर्दै हिड्ने मान्छे भनेर समाचार आएकोले सत्तारुढ नेकपामा आस्था राख्ने कतिपय व्यवसायीहरु पनि उनीप्रति सकारात्मक छैनन् ।

कुनै बिबादित भयन भने दिपक बस्ताकोटीनै पर्टन बोर्डको सिइओ बन्ने पक्का रहेको ठमेलका पर्यटन व्यवसायीहरु बताउछन ।

दिपक बस्ताकोटी जस्तो शुन्य लेवलवाट उठेको र पर्यटनको धेरै आयामहरुमा दख्खल राख्ने व्यक्ति हुदा हुदै अरु विवादित व्यक्तिहरुलाइ किन नियुक्त गर्ने भनेर भन्ने मत वलियो छ ।

चार वर्षे कार्यकालका लागि सीईओ छनौट गर्न मन्त्रालयले बोर्डका सदस्य विप्लव पौडेलको अध्यक्षतामा मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय र पर्यटन व्यवसायी कृष्णबहादुर महरा क्षेत्री सम्मिलित समिति बनाएको थियो ।

समितिले माघ ५ गते बिहान ८ बजो बोर्डको हलमा बैठक राखी ३ जनाको नाम छनोट गरेको थियो ।

जसम पहिलो निर्णय माघ २ र ३ गते लिइएको प्रस्तुतीकरण तथा अन्तरवार्तामा सहभागी ९ जना उम्मेदवारहरुको लाहाछाप लगाई खामबन्दी गरिएको व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताको मूल्यांकन फारमहरु रहेको खाम थान तीन खोली तालिकिकरण गर्ने निर्णय गरेको छ ।

दोस्रो निर्णयमा ९ जना उम्मेदवारहरुको प्रस्तुतीकरणको पदपूर्ति समिति र विज्ञहरुबाट गरिएको मूल्यांकन अंकको तालिकीकरण गरी औसत अंक निर्धाण गरिएको छ ।

साथै ९ जना उम्मेदवारको अन्तरवार्ताको पदपूर्ती समिति र विज्ञहरुबाट गरिएको मूल्यांकन अंकको तालिकीकरण गरी औसत अंक जोडी कूल अंक निर्धारण गरिएको थियो ।

प्रस्तुतीकरण तथा अन्तरवार्तामा उच्चतम् अंक प्राप्त गर्ने ३ जना उम्मेदवारहरुलाई कार्यकारी प्रमुखको नियुक्ति सिफारिस सम्बन्धी मापदण्ड एवम् कार्यविधि,२०७६ को दफा ९७० बमोजिम वर्णानुक्रमका आधारमा बोर्डको कार्यकारी प्रमुखको पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरियो ।