वडामा तास खेल्छु र खेलाउछु भन्दै स्थानीय कुट्ने वडा अध्यक्ष,

मंसिर ४,बझाङ – बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष गगनबहादुर खातीले जुवा तास खेल्दा सुराकी गरेको भन्दै स्थानीयलाई कुटपिट गरेका छन ।
उनलाई प्रहरीले जुवातास खेलाएको आरोपमा केही दिन अगाडी पक्राउ गरि १६ दिन हिरासतमा राखेको थियो । साथै उन्को मुद्दा चलिरहेको समेत बझाङ प्रहरीले जनाएको छ ।
सुराकी दिएर पक्राउ परेको रिसमा खातीले हिरासतबाट बाहिरीएपछी ५ जना वडाका स्थानियलाई कुटपिट गरि घाईते बनाएका छन ।
हिरासतबाट रिहा भएपछिको १६ दिनमा अहिलेसम्म ५ हिजो रातिमात्र उन्ले स्थानीय पुरन उपाध्याय र दिर्घराज उपाध्यायलाई कुटपिट गरेको खुलेको छ ।
स्थानीयका अनुसार अहिले गाउँ नै यिनको गुण्डागर्दी र कुटपिटबाट त्रसित बनेको छ। कुट्पिट गर्ने वडा अध्यक्षमाथी कडा कारबाही हुनुपर्ने र प्रशासनले नजर राख्नुपर्ने स्थानीयको माग छ ।
