ओली विदा भए पनि ओलीप्रवृत्ति कायमै छ यो पनि परास्त गर्न जुटौ : भट्टराई

असार ३०, काठमान्डौ – जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपि ओली विदा भए पनि ओलीप्रवृत्ति कायमै रहेको बताएका छन ।
ओली विदा त भए तर उनको ओलीप्रवृत्ति अझै कायम रहेको हुँदा यो पनि परास्त गर्नुपर्ने भट्टराईको भनाई छ ।
अर्धज्ञान र अहंकारको घातक ककटेल हाम्रो संस्कृति राज्यदोहन गरेर आसेपासे पोस्ने क्रोनी क्यापिटालिज्म हाम्रो अर्थतन्त्रको मूलप्रवाह! बाहिर राष्ट्रवाद भित्र गुलामी राष्ट्रिय चरित्रको अन्त्य गर्न नवगठित नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा सरकारलाई यस विरूद्ध लड्न शुभकामना दिन्छु उनले भनेका छन ।
सर्वोच्च अदालतको परमादेश पछि केपि ओली आज वालुवाटर छोडदै छन ।
