जुम्लाका शिक्षकहरुले विद्यालयभित्रै जलाए शिक्षा ऐनको मस्यौदा

सुर्खेत – जुम्लाका शिक्षकहरुले विद्यालयभित्रै शिक्षा ऐनको मस्यौदा जलाएका छन् । चन्दननाथ नगरपालिकामा रहेको रत्नचुडेश्वर माविका शिक्षकहरुले मंगलबार विद्यालयभित्रै विधेयकको मस्यौदा जलाएका हुन।
सरकारले भदौ २७ गते संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संसोधन तथा एकीकरण गर्न बनेको विधेयक’ प्रति असन्तुष्टि जनाउँदै विधेयकको मस्यौदा जलाएको प्राचार्य कृष्णबहादुर रोकायले जानकारी दिए ।
रत्नचुडेश्वर माविका शिक्षकहरुले पेशागत हकहितलाई उपेक्षा गर्नेगरी दर्ता भएको विधेयक संसोधन हुनुपर्ने माग राख्दै विधेयकको सम्यौदा जलाएको प्रचार्यले बताए ।


उक्त विधेयक प्रति हामी देशैभरका शिक्षकहरु आन्दोलित छौं उनले भने विधेयकका केही बुदाहरुमा असन्तुष्ट जनाउँदै सरकारलाई विभिन्न माग राखेपनि सरकारले वास्ता नगरेपछि आन्दोलित हुँन बाध्य भएका छौं’ उनले भने ।
नेपाल शिक्षक महासंघ चन्दननाथका अध्यक्ष समेत रहेका रोकायले भने, ‘आन्दोलन गर्नका लागि आज ३० जना साथीहरु जुम्लाबाट काठमाण्डौंका लागि हिडेका छौं ।
शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले पेशागत हकहितको निम्ति भन्दै आन्दोलनको आह्वान गरेपछि देशभरका शिक्षकहरु आन्दोलित बनेका छन। असोज २
