कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगेका गुन्डा नाईके रिगल रिहा

असोज ४

काठमाडौं – नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकालले संविधान दिवसमा ४० प्रतिशत मात्र सजाय भोगेर माफी मिनाहा पाएका छन ।

नेपाली काङ्ग्रेस निकट रिगल कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाइएका व्याक्ती हुन । उनलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ११ वर्ष जेल सजाय छुटको निर्णय गरेका हुन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार ६७० जनाको कैद भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गर्ने निर्णय गरेका थिए ।

त्यो निर्णयपपछि दाङको घोराही कारागारबाट रिगलसहित ८ जना थुनामुक्त भएका छन। रिहलको २८ असार २०७२ मा नेपालगञ्जमा खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या गरेका थिए । घटना भएका बेला उनि तरुण दल बाँके क्षेत्रनम्बर-३ का क्षेत्रीय सभापति थिए ।

भारतबाट सञ्चालन हुने अवैध बसहरुबाट हप्ता असूली गर्ने विषयमा विवाद हुँदा रिगलको योजनामा मानन्धर मारिएका हुन ।
प्रहरी अनुसन्धानमा खुलेअनुसार रिगलले नेपालगञ्जको सुर्खेत रोडमा एक होटलमा मानन्धरलाई कुरेर बसेका थिए । होटल नजिकै मानन्धर एक्लै आएको अवस्थामा खुँडा प्रहार गरेर उनको हत्या गरेको प्रहरी निष्कर्ष थियो ।

घटनापछि लामो समयसम्म उनी फरार थिए । यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि अनुसन्धान थालेको थियो ।

गुण्डागर्दीविरुद्ध प्रहरीले आक्रामक अभियान चलाइरहेका बेला ब्यूरोको समेत छानबिनको दायरामा परेपछि रिगलले ७ भदौ २०७२ मा अदालतमा आत्मसमर्पण गरेका थिए ।

बुधबार ढकाललाई छाड्ने निर्णयको पत्र आउँदा तरुण दलका कार्यकर्ताहरुको कारागार बाहिर भिड लागेको थियो । कार्यकर्ताहरुले उनलाई खादा र अविर लगाईदिएका थिए। उनलाई कारागारबाट निस्किदै गर्दा तरुण दलका कार्यकर्ताहरुको स्कर्टिंङ गरेर लगेका थिए ।