Gold
Bangad salyan

सांसद हृदयेश त्रिपाठीद्वारा भारतीय दुतावास सहयोगको एम्बुलेन्स उद्धघटन ,,

फागुन १३ , नवलपरासी पश्चिम – नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका बडा नं.-२ सेमरीमा रहेको जगन्नाथपुर प्राथमिक स्वास्थ केन्द्र सेमरीलाई प्राप्त भएकाे ऐम्वुलेन्सकाे प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले अाईतवार एक कार्यक्रम बिचमा समुद्धघाटन गर्नु भएको हो ।

भारतको ७०औ गणतन्त्र दिवसको अवसरमा भारतीय राजदुतावासको सहयोगमा प्राप्त एम्बुलेन्सलाई स्वास्थ्य केन्द्र सेमरीमा पानसमा बत्ती बालेर तथा ऐम्वुलेनसकाे रिबन काटेर समुद्घाटन गर्नु भयो ।

साथै भारत सरकार र भारतीय राजदुतावासलाई धन्यबाद समेत व्यक्त गर्नु भएका थिए ।

स्वास्थ केन्द्रमा महिलाहरुको धेरै समस्या आएको हुनाले प्रसुती रोग विशेषज्ञ स्थायी महिला दरबन्दी थप राख्ने प्रयास रहेको सांसद त्रिपाठीले बताउनुभयो ।

सेवा सुविधा राम्रो सित दिनको लागि ऐक्स-रे मसिन अल्ट्रासाउण्ड मसिनको स्टाफको तालिम गराउन अवश्यक रहेको भने एम्बुलेन्सबाट सुविधा सम्पन्न रहेको अस्पतालमा बिरामीको जीवन रक्षा गर्न सकिने बताए ।

संसदीय क्षेत्रको ६ वटा विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर लैब, भुजहवा देखि दाउन्ने सम्मको सडक केन्द्रीय योजनामा रहेको र हाल एक करोड रकम अाएको जानकारी गराउनु भयो ।

निर्वाचन क्षेत्रको लागि ६ वटा एम्बुलेन्सको अावश्यक रहेको र भारतीय राजदुतावासबाट यो क्षेत्रको लागि ४ वटा एम्बुलेन्स माग गरेको जस मध्येबाट एउटा प्राप्त भएको सांसद त्रिपाठीले जानकारी गराएका थिए ।

प्राथमिक स्वस्थ्य केन्द्र सेमरीका व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं.- २ का वडाध्यक्ष इश्वरी प्रसाद चाैधरीकाे अध्यक्षतामा रहेको कार्यक्रममा प्रमुख अतिथि सांसद हृदयेश त्रिपाठी, विशिष्ट अतिथिमा प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माकाे अतिथिमा कुन्दन सिंह, रामपृत यादव ,करमहुसेन अंसारी स्वस्थ्य केन्द्र सेमरीका पदाधिकारी लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

अंगद यादव/नवलपरासी पश्चिम ,,