surkhet

बालुवाटार जग्गा प्रकरणमा महासचिव पौडेलको अर्को वक्तव्य ,,

surkhet

वैशाख ६ , काठमाडौं- नेकपा महासचिव विष्णु पौडेलले आफ्नो नाममा रहेको जग्गाबारे फेरी मुख खोलेका छन् ।उनले भनेका छन् वालुवाटारमा रहेको जग्गा म र मेरो छोरा नवीन पौडेलको नाममा छ उक्त जग्गाबारे भ्रमात्कम समाचार आयो ।

कित्ता नं. ३०९ को क्षेत्रफल ०–०–१–१ र कित्ता नं. ३१५ को क्षेत्रफल ०–७–२–३ (कूल आठ आना) जग्गाका सम्बन्धमा वास्तबिकता ओझेल पर्नेगरी समाचारहरू प्रकाशित भएको उनले दाबी गरेका छन् ।

उनले २०६१ पुस २९ गते काठमाडौँ महानगरपालिका वडा नं. ४, बालुवाटारस्थित उक्त ८ आना जग्गाको दर्ता श्रेस्ता सम्बन्धित मालपोत कार्यालयमा बिक्री गर्ने व्यक्ति उमा ढकाल र माधवी सुवेदीको नाममा कायम रहेको र प्रचलित कानुनबमोजिम सम्बन्धित कार्यालयले खरिद बिक्री गर्न मिल्ने एकिन गरी लिखत पारित गरी लाग्ने राजश्व लिई छोरा नवीन पौडेलको नाममा पास गरिदिएको समेत जनाएका छन् ।

Dailekh
Gorkha

सो जग्गा आफूले २०६१ असोज २४ गते नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. १० (साविक तिलकपुर गाउँ विकास समिति, वडा नं. ३) मा पूर्व–पश्चिम राजमार्ग नजिकै श्रीमतीको नाममा रहेको ८ कठ्ठा जग्गा बिक्री गरी प्राप्त श्रोतबाट खरिद गरिएको पनि बताएका छन् ।

‘सरकारी जग्गा हडप्ने दुषित मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा म र मेरो परिवारका कुनै पनि सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको र कहिल्यै नरहने पनि अवगत गराउन चाहन्छु ’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेरो निम्ति यस्तो अपराधजन्य गतिविधि सोच्नसमेत नसकिने बिषय हो ।’

आफूले सो जग्गाबारे २०६४ सालमा रुपन्देही जिल्लाबाट संविधानसभा सदस्यमा निर्वाचित भएपश्चात् बार्षिक रुपमा सम्पत्ति विवरणमा उल्लेख गरिरहेको पनि उनले स्मरण गराएका छन् ।

salyan