नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले आज दिदै ,,

वैशाख २४ , काठमान्डौ – आर्थिक वर्ष ०७६/७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री केपी ओलीले आज संसदमा उपस्थित भएर दिँदैछन् ।

नीति तथा कार्यक्रममा विपक्षि देखि सामाजिक संजाल नेकपा भित्रपनि प्रशन उब्जिएका छन् विपक्षीले खासगरी राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ पदावली र संविधान सर्वस्वीकार्य भएको शब्दावलीप्रति आपत्ति जनाएका छन् ।

प्रस्तुत गरिएको नीति तथा कार्यकर्म केटा केटिलाई आसपासन बाँडेको जस्तो भयको पनि नेपालि कांग्रेसका सभापति शेर बहादुर देउवाले बताएका छन् ।

गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिँदै छ । प्रधानमन्त्रीले आज विपक्षीले उठाएका यिनै प्रश्नहरुको सेरोफोरोमा रहेर जवाफ दिनेछन् ।

प्रधानमन्त्रीले जवाफ दिएपछि आवश्यक संशोधनसहित नीति तथा कार्यक्रम पारित गर्ने संसद्को कार्यसूची छ ।यही २७ गतेबाट बजेट तयारीबारे संसद्मा छलफल हुने भएको छ ।