गुठि विधेयक बिरोधमा राजधानीमा प्रदर्शन ,,

जेठ ३२ , काठमान्डौ – गुठि विधेयक विरोधमा राजधानीको वसन्तपुर दर्बार क्षेत्रमा प्रदर्शन भईरहेको छ ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आव्हानमा बसन्तपुरदरबार क्षेत्रमा विरोध प्रर्दशन भयको हो ।

ज्यापू महागुठी अन्र्तगतका विभिन्न गुठीका गुठीयार तथा सर्वसाधरण सम्मिलित प्रर्दशनमा परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गर्ने गरि गुठी विधेयक ल्याईएको भन्दै विरोधमा नाराबाजी गरिएको थियो ।

प्रदर्शनकारीले नेवाः एकता जिन्दावाद, गुठी विधेयक खारेज गर, सांस्कृतिक अतिक्रमण बन्द गर, नेवा अव जाग्दैछ, आफ्नो अधिकार खोज्दैछ लगायतका नारा लगाएका थिए ।

ज्यापू महागुठी अन्तर्गतका गुठीहरुहरुको संलग्नतामा निकालिएको विरोध र्यालीले न्यूरोड, जैसीदेवल लगायतका स्थान हुदै बसन्तपुरदरबार क्षेत्र पुगी कोणसभामा परिणत भएको थियो ।

गुठी विधेयकको विरोधमा राजधानी लगायत मुलुकका विभिन्न स्थानमा दैनिकजसो विरोध प्रर्दशन हुदै आएको छ भने संघीय संसदमा पनि सांसदहरुले विधेयकको विरोध गर्दै आएका छन् ।

सरकारले मुलुकभरका गुठिहरुको व्यवस्थापन लगायतका कामका लागि प्राधिकरण गठन गर्ने र गुठीको जग्गा भोगचलन गर्दै आएका किसानको नाममा रजिष्ट्रेशन पास गरिदिने व्यवस्था सहितको गुठी विधेयक ल्याएपछि त्यसले परम्परागत धार्मिक तथा सांस्कृतिक धरोहरको अस्तित्व समाप्त पार्ने भन्दै मुलुकभरका गुठीहरु विरोधमा उत्रिएका हुन् ।

तेस्तै राजधानीको माईतीघरमा नागरिक समाजले पनि विरोधसभा गरेको छ ।लोकतन्त्रका लागि नागरिक खबरदारी कार्यक्रम गरेको नागरिक समाजले राजधानीको माइतीघरमा भेला भएका नागरिक अभियन्ताहरुले सरकारले सुशासनको प्रत्याभूति गर्नुपर्ने, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्नुपर्ने, मानव अधिकार आयोग माथिको हस्तक्षेप बन्द गर्नुपर्ने, न्यायालयको स्वतन्त्रता कायम गर्नुपर्नेलगायतका माग गरे । उक्त कार्यकर्ममा प्रेस स्वतन्त्रता विधेयक खारेजको पन्पलेट बोकेर डा .गोबिन्द केसी पनि सहभागी थिय ।