कर्णाली प्रदेशमा काँहा कुन जिल्लामा हुँदै छ उपनिर्वाचन ,,
साउन २० , काठमान्डौ – विभन्न कारणले रिक्त पदमा खालि भएका ठाँउमा रास्ट्रीय निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको छ ।
आयोगले आउँदो मङ्सिर १४ गते सातवटै प्रदेशलाई छुने गरि उपनिर्वाचन गर्न लागेको निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अहिले निर्वाचन हुने सूचीमा उक्त वडा नरहेको बताए ।
तर, निर्वाचन कार्यक्रम घोषणा हुनुपूर्व सरकारले रिक्त रहेका थप स्थानहरुको सूची पठाए मसिंर,१४ मै ती स्थानहरुमा उपनिर्वाचन गर्न सकिने उनले उल्लेख गरे ।
कर्णाली प्रदेशमा उपाध्यक्ष,-१ र वडाध्यक्ष, -१ गरी दुई पदमा उपनिर्वाचनको तयारी छ । हुम्ला खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद र सल्यान कुमाख गापा,-५ को वडाध्यक्ष पद रिक्त छन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिकाकि उपाध्यक्ष सिन्दू हमाल शाहीको जिप दुर्घटनामा मृतु भयपछि उपाध्यक्षपद खालि छ ।हमाल सहित ११ जनाको कर्णालीमा जिप खसेर मृतु भएको थियो ।