वनमन्त्री बस्नेत र सचिव ओलीबीच करारमा सहमति ,,
साउन २१ , काठमान्डौ – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीबीच वार्षिक करार सम्झौता भएको छ ।
मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बस्नेत र सचिव ओलीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको मन्त्री बस्नेतका प्रेस संयोजक दयानिधी भट्टले जानकारी दिए ।
मन्त्री बस्नेतसँग सम्झौतापछि सचिव ओली र १४ सहसचिवहरुबीच पनि सम्झौता भएको छ । जनताको अपेक्षा र परिमाणमुखी काम गर्न मातहातका कर्मचारीलाई मन्त्रि बस्नेतले निर्देशन गरेका छन् ।
‘काम गर्दा हामी सबैले सुशासनलाई प्राथमिकतामा राख्नैपर्छ, अन्यथा सरकारको लक्ष्य पूरा हुन सक्दैन बस्नेतले भने ।तेस्तै वनमन्त्रीले प्रधानमन्त्री संगपानी एक वर्षे लिखित सम्झौता गरेका छन् ।
मन्त्री बस्नेतले दण्ड र पुरस्कारको व्यवस्थालाई पारदर्शी बनाउन प्रधानमन्त्रीले मन्त्रीसँग र सचिवले सहसचिव तथा विभागीय प्रमुखहरुसँग करार सम्झौताको नीति सरकारले ल्याएको उल्लेख गरे ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालय हेर्ने राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले इतिहासमै पहिलोपटक सरकारले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेको भन्दै त्यसले मन्त्रीहरुलाई र कर्मचारीलाई आत्मअनुशासित बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
मन्त्रालयका सचिव डा. ओलीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले निर्धारण गरेका योजनाहरुलाई कार्यसम्पादन सम्झौतामा समेटिएको जानकारी दिए ।

