Gold
Bangad salyan

,नागरिकता लिनेलाई कारबाही हुन्छ दिनेलाई हुदैन ति कसका नातेदार हुन् सांसद त्रिपाठी,,

साउन २१ , काठमान्डौ – गैरनेपालीलाई नागरिकता दिने कति जना कर्मचारीलाई अहिले सम्म कारबाही गर्यो सरकारले ।यो जवाफ सांसद हृदयेश त्रिपाठीले संसदमा मागेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा त्रिपाठीले व्यक्तिको नागरिकता खारेज गर्दा नागरिकता दिने कति जनालाई कारवाही भयो भनी प्रश्न गरेका हुन् ।

अहिलेसम्म नागरिकता खारेजी हुन्छ तर लिने र दिनेलाई के के कारवाही भयो भनी थाहा हुँदैन किन ? त्यो नागरिकता बजार बाट आएको त हैन होला कसैले बनाएको त हैन होला ।ती कसैका नातेदार पर्छन् कि”, यसको जवाफ सरकारले संसदमा दिनु पर्छ उनले भने ।

साथै तीन बर्षदेखि उखु किसानहरुले भुक्तानी नपाएको र सरकारले दिएको अनुदान पनि कृषि मन्त्रालयको बनाएको कार्यविधिमा रहेका अड्चनका कारण किसान समक्ष पुग्न नसकेको पनि हृदयेश त्रिपाठीले सरकारलाइ प्रश्न गरेका थिय। उखु खेतीमा सरकारले किसानमाथि कलाकारिता गरेको उनले तर्क गरेका थिय ।