Gold

वास्तविक पत्रकारिता क्षेत्र भन्दा बाहिरका सबैलाई कारबाही हुन्छ सामाजिक संजालमा अत्यधिक विकृति भयो : मन्त्री बाँस्कोटा ,,

Naumule Migrate

भदौ ७ , काठमान्डौ – पछिल्लो समयमा नेपालि सामाजिक संजालमा जता भावी लेख्ने गरेको पत्रकारितालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विधयक पारित गरि कारबाही गर्ने बताएका छन् ।

सञ्चार क्षेत्रमा बढ्दै गएको विकृति र विसंगतिलाई नियन्त्रण गर्न मिडिया विधेयक ल्याइएको बताएका छन् । यो सरकारले ल्याएको विधयकले वास्तविक पत्रकारलाई फाईदा हुनको बुझाई छ ।

हिजो राजतन्त्र हुँदा, शाही शासनको बेला पत्रकारले बोल्न लेख्न पाएका थिए ? हामीले लडेर गणतन्त्र ल्यायौं,’ ठाडामा शीतगंगा एफएमको उद्घाटन गर्दै उनले भने, ‘अहिले बोल्न र लेख्न पाइएको छ ।

मैले (सरकार) ले केही गरेको छैन, सञ्चारलाई व्यवस्थित गर्छु भन्दा अनावश्यक हल्ला गर्ने ? बेथितिलाई नियन्त्रण नै गर्छु मन्त्रि बास्कोटाले भने ।

पत्रकारले जनतालाई सहि सुचना दिनेकाम हि जे पायो तेही बोल्ने र सामाजिक संजालभरि गालि गलैज गर्ने , वास्तविक पत्रकारले पारिश्रमिक पाउनुपर्छ भन्ने आफनो मान्यता रहेको पनि मन्त्रि बास्कोटाले बताए ।

यस्तै हो भने नेपालिपत्रकारितालाई विश्वले विश्वास नगर्ने दिन आउछ ,। यो विकृतिलाई विधयक बाट पारित गरेर छोड्छु ।उनले भने सरकार सुतेर बसेको छैन। हामि विकासमा छौ ,राजनीति क्रान्ति सकीएकोले अब देश आर्थिक क्रान्तिमा जुटेकोपनि बास्कोटाले बताए ।

Naumule Badhipahiro