रवि सहित तिन जनाकै बयान सकियो थुन चेक बयान सुरु ,,

भदौ ९ , चितवन – शालिकराम आत्महत्या प्रकरणमा आइतबार मात्रै चितवन जिल्ला अदालतमा मुद्दा दायर भएका तीनैजना अभियुक्तहरुको बयान सकिएको छ ।

सो मुद्दामा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर भएको छ ।

यी मध्ये अस्मिता कार्कीको बयान भने हिजोनै सकियको थियो भने रवि लामिछाने र युवराज कंडेलको बयान आज सकीएको अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए।

अब भने यो मुद्दामा थुनछेक बहस सुरु भएको छ। मुद्दाका पक्ष-विपक्षका कानुन व्यवसायीहरुको बहस सुनेपछि न्यायाधीशले अभियुक्तहरुलाई साधरण तारेखमा वा धरौटीमा छाड्ने वा थुनामा नै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश दिने छन्।

आत्महत्या दुरुत्साहन मुद्दामा सरकारी वकिलको कार्यालयले पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय माग गरेको छ। रवि लामिछाने समर्थक र प्रहरीबीच चितवनमा झडप समेत भयको छ ।