मुद्दा विचाराधीन राख्दै ५ लाख धरौटीमा रवि लामिछाने रिहा ,
भदौ ९ , चितवन – शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे कार्यक्रम चलाउन नपाउने भएका छन् ।
जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ ।
अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको छ । यी तीनजनाको मुद्दालाई विचाराधीनमा राख्दै अदालतको अनुमतिमा मात्र रविले विदेश जान पाउने आदेश छ ।
साथै उनले यो मुद्दाबारे आफ्नो टेलिभिजन कार्यक्रम चलाउने पाउने छैनन् । न्युज २४ का पुर्व पत्रकार शालिकराम पुदाशैनि २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो भेटिएछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको थियो ।
उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहको मुद्दा चलाइएको छ । मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुनसक्ने वेवास्ता छ ।