हत्या आरोपित हेलिकोप्टरमा चार्टर हुँदै सदरमुकाम ,,

भदौ १९ , गोरखा- हत्याको आरोपमा पक्राउ परेका उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका,१ का ३८ बर्षका निमा दोर्जे लामालाई हेलिकप्टरमार्फत जिल्ला प्रहरी कार्यालय गोरखा ल्याइएको छ ।

उनले मंगलबार कुटपिट गर्दा सोहि ठाँउका ६८ बर्षका तेन्जेन दोर्जाे लामाको मृत्यु भएको उनीमाथि आरोप छ अनुसन्धानका लागि उनलाई प्रहरीले हेलिकोप्टरमार्फत उनलाई सदरमुकाम ल्याएको छ ।

निमा दोर्जे गुम्बा निर्माणको जिम्मा लागेर काम गरिरहेका थिए तर तेन्जेन दोर्जाेले उनलाई बारम बर वालुवा चोर भन्दै गरेपछि मंगलबार दिउँसो एक बजे निमाले तेन्जेनलाई कुटेछन्, ।

दुई जनाको भेटमा फेरि वालुवा चोर भनेपछि निमाले पुन तेन्जेनलाई कुटेका रहेछन्। यो कुरा निमाले स्वीकार गरेका जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । कुटिएका तेन्जेनको त्यही साँझ मृत्यु भएको उनको भनाइ छ ।

भौगोलिक बिकटताका कारण शव र हत्या आरोपितलाई वुधवार हेलिकोप्टरबाट आरुघाट ल्याइएको उनले जानकारी दिए ।चुमनुव्री गाउँपालिकाबात सदरमुकाम आउन एक साता लाग्ने रहेछ ।

‘पोष्टमार्टमका लागि शव र आरोपितलाई सदरमुकाम ल्याउन हेलिकोप्टर प्रयोग गरिएको एसपी अधिकारीले जानकारी दिए।

मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा पोष्टमार्टम गरेर परिवारलाई बुझाइएको एसपी अधिकारीले बताए ।

हत्या आरोपमा प्रकरौ परेका निमालाई जिल्ला प्रहरी कार्यालय ल्याएर ज्यान मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको अधिकारीले बताए।