Gold
Bangad salyan

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ ,,

भदौ २८ , काठमन्डौ – नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ १७ मतले निर्वाचित भएका छन् । शनिबार ललितपुरको सातदोबाटोमा भएको निर्वाचनमा प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई ७ मत अन्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।

जीवनराम पहिलो कार्यकालमा पनि नेपाल ओलम्पिक कमिटीको अध्यक्ष थिए ।यस्तै उपाध्यक्षमा ज्योति राणा, चतुरानन्द राजवैद्य, तेजबहादुर गुरुङ, सुनीलकुमार श्रेष्ठ र अशोकरत्न बज्राचार्य निर्वाचित भएका छन्।

उनीहरुले क्रमशः २६, २२, २०, १८ र १५ मत प्राप्त गरे। यस्तै समिम मियाँ अन्सारीले १२, पुष्पदास श्रेष्ठ र राजीव श्रेष्ठले ११/११ मत ल्याए। मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी संवैधानिक मर्मविपरीत उपाध्यक्षको प्रत्याशी बनेका थिए। ५ उपाध्यक्ष पदको लागि ८ जनाले उम्मेदवारी दिएका थिए।

महासचिवमा जीवनराम प्यानलबाट उठेका ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ विजयी भएका छन्। उनले १५ मत प्राप्त गरे। उनका प्रतिद्वान्द्वी नेपाल कराँते महासंघका पूर्व अध्यक्ष पुरेन्द्रविक्रम लाखेले १२ मत प्राप्त गरे। निलेन्द्र वर्तमान कमिटीका सदस्य र पुरेन्द्र उपाध्यक्ष हुन्।