भने जस्तो काम गर्न नसक्दा जनताले सुन्नै नसक्ने गालि गर्न थाले प्रचण्ड ,

भदौ २८ , झापा – दुईतिहाको पार्टी सरकारमा हुँदा पनि अधिनायकवाद’ को ट्याग भिराएर सरकारविरुद्ध विभिन्न प्रचारबाजी भईरहेको देखिन्छ ,।

नेपालका ठुला दुई कम्युनिष्ट पार्टीले एक भएकै कारण दुइ दुइतिहाईको सरकार भएको हो ,।भने जस्तो काम हुन सकेको छैन जनताले सुन्ने नसक्ने जस्ता गालि गर्न थालेका छन ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारले समयवधिमै संविधान अनुसारका कानुनहरु निर्माण गरेर मुलुकलाई संवैधानिक संकटबाट जोगाएको बताए ।

शनिबार झापाको बिर्तामोडमा गौरीशंकर खड्का स्मृति प्रतिष्ठानको आठौं वार्षिक साधारणसभा उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालीको समृद्धिको यात्रा पूरा गर्न नेकपाको काँधमा रहेको जानकारी गरे ।

जनताको आवश्यकता र आकांक्षाअनुसार काम स्वास्थ्य, शिक्षा, कृषि, स्वदेशमै रोजगारी लगायत जस्ताका गर्न सकेमात्र कम्युनिष्ट पार्टीलाई जनताले फेरि अर्को जिम्मेवारी दिने दाहालले बताए ।

हामि संग अहिले ठूलो जिम्मेवारी रहेको छ ।काम, व्यवहार, नीति र योजनामार्फत जनताको भावना पूरा गर्नुपर्छ बोलेर होइन अनि मात्र नेकपाको पार्टी एकताको लक्ष्य पनि पूरा हुन्छ ।

पार्टी एकताको काम समयमै टुंग्याउन नसक्दा पार्टी र सरकारलाई ठूलो क्षति पुगेको समेत प्रचण्डले बताए ।‘ त्यसैले अब पार्टीभित्रको गुटबन्दीको अन्त्य गर्नुपर्छ । म यो अभियानमा लागेको छु ।

गुटबन्दी अन्त्य गरेर हामी विचारमा स्पष्टता र अनुशासित भयौं भने कम्युनिष्ट पार्टीले अझै ५० वर्षसम्म सरकार चलाउने जिम्मेवारी पाउन सक्छ ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शान्ति प्रक्रिया बढीमा अबको २ वर्षमा टुंगिने बताएका छन् । उनले शान्ति प्रक्रियालाई सफलतासाथ टुंग्याउन सरकार आफ्ना जिम्मेवारीहरु पूरा गर्नेतर्फ तीव्र गतिमा अघि बढेको दाबी गरे ।