रुकुम चौरजहारी

गाई मारेको आरोपमा चारजना पक्राउ ,,

रुकुम आठ विसकोट

रंग दर्पण २६ फागुन, मकवानपुर : पर्सा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने मकवानपुरको मनहरी गाउँपालिका ४ मुलखोलाबाट गौरीगाईको मासु काटिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका ४ मुलखोलाका ५८ वर्षीय मानबहादुर मुक्तान, ३६ वर्षीय लालबहादुर थिङ, ३४ वर्षीय सूर्यबहादुर गोले र ५४ वर्षीय सिंगराम स्याङ्तान छन् ।

गौरी गाई मारेर मासु काटिरहेको अवस्थामा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष पदमबहादुर तितुङ नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुका साथमा ३ क्वीन्टल गौरीगाईको मासु, मासु काट्न प्रयोग भएका हतियारहरु बरामद भएको समितिका अध्यक्ष पदमबहादुर तितुङले जानकारी दिए ।

शुक्रबार दिउँसो सुराकीको आधारमा पक्राउ परेका उनीहरुलाई साँझपख पर्सा राष्ट्रिय निकुन्जको कार्यालय आधाभार, बारामा बुझाइएको समितिका अध्यक्ष तितुङले बताए ।तितुङकाअनुसार गाउँमा १ सय जनाको हाराहारीमा मानिसहरु भेला भई गौरी गाई मारेर मासु काटिरहेका थिए ।

नेपाली सेनासहितको टोली पुग्नासाथ गाउँलेहरु भागेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको र पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको बताइएको छ ।