भारतीय राजदुतावास अगाडी नेविसंघको नारा जुलुस संगै मोदीको पुत्ला दहन ,भारतको नक्सापनि जलाईयो ,
कार्तिक २२ ,काठमान्डौ – नेपालि कांग्रेसको भात्री संगठन नेविसंघले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।
,विद्यार्थी संघ (नेविसंघ) अमृत साइन्स क्याम्पस इकाई कमिटीले लैनचौरस्थित भारतीय दूतावासको मुख्य गेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको हो ।
भारतले हालै जारि गरेको आफ्नो नक्सामा नेपालको बहुमु कालापानी ,लिपुलेख ,लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेपछि आक्रोसित बन्दै नेविसंघले पुत्लादहन गरेको छ ।
पुत्ला दहन गर्न पुगेका विद्यार्थी र प्रहरीबीच केहिसमय झडप समेत भएको थियो ।झडपमा सुजन गुरुङ, देवेन्द्र तिवारी, अमृतजंग बस्नेत, प्रकाश अर्याल, आङनिमा शेर्पालगायत विद्यार्थी घाइते भएका छन् ।आक्रोसित नेविसंघले आईतबार भारतीय दूतावासको सवारी साधन चल्न नदिने घोषणा समेत गरेका छन् ।
नेविसंघ अस्कल क्याम्पसका कार्यवाहक अध्यक्ष पुरन रोकाया (सुदामा)को नेतृत्वमा दूतावास पुगेको विद्यार्थी टोलीले पुत्ला दहन गर्नुका साथै नेपाली भूभाग मिच्न पाईँदैन भारतीय सरकार मुर्दावाद गो ब्याक ईण्डिया जस्ता नाराबाजी समेत गरेका थिए ।,संघले भारतको नक्सापनि जलाएको छ ,।

