भिन्डीमा पाईने चिल्लो पदार्थ के हो ?

रंग दर्पण २ चैत – भिन्डीको भित्र भागमा पाइने चिप्लो पदार्थलाई म्युसिलेज भनिन्छ ।यो भिन्डीको भित्रि भागमा मात्र नभयर जरा ,काण्ड पात आदि मा पनि पाईन्छ। यो चिल्लो पदार्थ भिन्डीको बिरुवा भित्र हुने रासायनिक प्रक्रियाबाट उत्पादन हुने तत्व हो। म्युसिलेज विभिन्न प्रकारका रासायनिक तत्व हरु जस्तै गलेक्टोज, रेम्नोज ,अरेनोज ,अरवेनोज र गेलेक्टूरोनिक अम्लहरुको मिश्रण हो म्युसिलेज मा अमला पाइन्छ ।यो हाम्रो शरीरको लागि निकै लाभदायक हुन्छ, साथै भिन्डीको म्युसिलेज मा पाईने तत्वो विभिन्न औसधि हरुमा प्रयोग गरिन्छ।यसलाई हामीले तरकारीको रुपमा मात्र प्रोग गरे पनि बाहिरी मुलुकमा बिभिन्न तरिकाले प्रोग गरेको पाईन्छ।