सल्यानका कोवाराम बुढाथोकी नक्कली नोट सहित प्रहरी नियन्त्रणमा ,

पुस २४ ,काठमान्डौ – प्रहरीले नक्कली नोट बनाउने चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ,।

पक्राउ पर्नेमा सल्यानका कमल भनिने कोवाराम बुढाथोकी, काभ्रेका बलबहादुर राना, डोटीका आर्यान खड्का र धनुकुटाका छत्रबहादुर लिम्बु रहेका छन् ।

उनीहरुलाई महाअपराध शाखाको टोलीले काठमान्डौ र काभ्रेबाट नियन्त्रणमा लिएको बताएको छ ,सीआईबिको टोलीले उनीहरुबाट ४ लाख १३ हजार नक्कली नोटपनि बरामद गरेको छ ।

,चार जनामध्ये मुख्ययोजनाकार आर्याँन खड्का हुने भने नक्कली नोट बनाउने बलबहादुर हुन् । बुढाथोकी र लिम्बुले नोट बजारमा पुर्‍याउने काम गर्ने गरेको सीआईबीको भनाइ छ ।

सीआईबीले पक्राउ परेका बुढाथोकीबाट २ लाख ९८ हजार, बलबहादुरबाट ९० हजार नक्कली नोट र रंगिन फोटोकपी मेसिन, एउटा पेपरमा ४ वटा नोट अटाएर फोटोकपी गरेका ३५ थान पेपर बरामद गरेकाे छ ।

खड्काबाट २५ हजार नक्कली नोट बरामद भएको छ । लिम्बुबाट भने नोट बरामद भएको छैन ।चार जनालाई मुद्रा सम्बन्धि कसुरऐनमा अनुसन्धन भैरहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले बताए।