उपसभामुख शिवमाया तुम्बाहाङफेको राजिनामा घोषणा ,
माघ ६ ,काठमान्डौ – उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी हुन् ।
संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ‘मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।
दलले सभामुखको टुंगो लगाए आफुले राजिनामा दिने घोषणा गरेको उपसभामुखले केहिदिन अगाडी अन्तर्वार्तामा बताएकि थिइन् ।
,नेकपाले अग्नि सापकोटालाई सभामुखको उमेद्वार बनाउने घोषणा गरे संगै उपसभामुखले राजिनामाको घोषणा गरेकी हुन् । ,

