मालपोतका पियनको १० करोड सम्पति कसरि ?

माघ १६ ,काठमान्डौ – अख्तियारले काठमान्डौको चावहिलस्थित मालपोत कार्यालयका पियन राजेन्द्र बस्नेतलाई झण्डै ९ करोड अकुत सम्पत्ति थुपारेको भन्दै भ्रष्टाचार मुद्दा लगाएको छ।

अख्तियारका अनुसार, उनी र उनको परिवारको नाममा ९ करोड ७३ लाख ३१ हजार रूपैयाँ सम्पत्ति देखिएको छ।

त्यो सम्पत्तिमध्ये ८ करोड ९८ लाखको वैध स्रोत खुलेन। त्यो सम्पत्ति उनले अवैध तरिकाले कमाएको अख्तियारले ठहर गर्दै बिहीबार अख्तियारले बस्नेत विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको सुचना जारि गरेको छ ।

उक्त सम्पत्ति मध्ये ७४ लाख ७३ हजार ३ सय ७३ ‍रूपैयाँमात्रै वैध रहेको अख्तियारले जनाएको छ।त्यसमाथि उनले भ्रष्टाचार गरी कमाएको ८ करोड ९८ लाख जफत गर्न पनि अख्तियारको माग छ।

तेस्तै उनलाई २ वर्षसम्म कैद र विगोजति नै जरिवाना गराउन माग गर्दै अख्तियारले विशेषमा मुद्दा हालेको हो।बस्नेत २०४५ सालमा मालपोतका कार्यालय सहयोगीको रूपमा सेवा प्रवेश गरेका थिए।

पारिश्रमिक, बचत, आय, घरजग्गा बिक्री, सवारीसाधन बिक्री र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा र आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत हिसाब गर्दा उनको परिवारको वैध आय जम्मा ७४ लाख ७३ हजार देखिएको हो।

मालपोतमा कार्यालय सहयोगीको काम गर्ने उनको जीवनयापन अस्वभाविक भएको भन्दै उजुरी परेपछि बस्नेत अनुसन्धानमा तानिएका थिए।

उनि मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा नक्कली रसिद काट्ने, नगद असुल गर्ने तर राजस्व दाखिला नगर्ने लगायतका गैरकानुनी काम गरेको भन्दै गत वर्ष पनि विशेष अदालतमा मुद्दा परेको थियो।

त्यतिखेरै उजुरीको क्रममा अख्तियारले नियन्त्रणमा लिँदा ११ लाखरूपैयाँ बरामद गरेको थियो।उनले आफ्ना आफन्तको नाममा विभिन्न शिर्षकमा खर्च देखाएको पनि अख्तियारले अनुसन्धानबाट खुलाएको छ ।

निजले श्रीमती सीता बस्नेतको नाममा ६ करोड, ७४ लाखको घरजग्गा किनेको र आमाकाे जग्गामा ६२ लाख ९० हजारको घर बनाएको अख्तियारले जनाएको छ।

आफ्नो श्रीमतीको बैंकखाताबाट भतिज कृपा बस्नेतलाई १ करोड पठाएको पनि अख्तियारको अनुसन्धानले देखाएको छ।अख्तियारका अनुसार उनले ३९ लाख ७६ हजार त सापटी लिएको चुक्ता गरेका छन्, ।

५ लाखको बीमा गरेका छन्, उनले अंशियारलाई अंशबापत १५ लाख दिएको देखिन्छ। त्यस्तै ३७ लाख ३१ हजार रूपैयाँ सवारी साधनमा र छोरा छोरीको शिक्षादिक्षामा १७ लाख ८६ हजार खर्च गरेका छन्।

उनको परिवारको नाममा विभिन्न बैंकहरूमा ५ लाख रूपैयाँ देखिन्छ।जस मध्ये ७४ लाख ७३ हजार मात्र वैध रहेको अख्तियारले जनाउदै उनिविरुद्दा मुद्दा दायार गरेको छ ।