Gold
Bangad salyan

चीनले भन्यो नेपालिको जीवन रक्षाको ग्यारेन्टी लिन्छौ,

माघ १८ ,काठमान्डौ – चीनको वुहानमा रहेका नेपाली नागरिकको स्वास्थ्य जिम्मा जीवन रक्षाको ग्यारेन्टी चीनले लिने बताएको छ ।

,शुक्रबार नेपालस्थित चिनियाँ दूतावासले विज्ञप्ति गारी गर्दै भनेको छ ,चीनमा रहेका नेपालि नागरिकको पूर्ण रुपमा जिम्मा लिनेछौ ।

,चीनमा अहिले कोरोना भाईरसको संक्रमण महामारी छ वुहानमा रहेका नेपालि नागरिकले आफुहरुलाई चीन सरकारले वेवास्था गरेको भन्दै नेपाल सरकार संग स्वदेश फिर्ता गर्न माग गरेका थिए ।

लगतै पररास्ट्रमन्त्रि प्रदिप ज्ञवालीले चीन सरकार संग छलफल गरेका थिए,। उनले नेपालि नागरिकलाई जतिखेर पनि नेपाल ल्याउनसक्ने तर अहिलेनै ल्याउने जरुरि नरहेको बताएका थिए।

,विज्ञप्तिमा चीनले भनेको छ ,हामि कोरोना भाइरसलाई जितेरै छाड्‍ने आत्मविश्वास गरेका छौ ।

महामारी नियन्त्रणका लागि र विदेशीहरुसँग समन्वय गर्नका लागि आपतकालीन संयन्त्र स्थापना गरिएको जानकारी दिँदै दूतावासले भनेको छ,।

कोरोनाको बढ्दो प्रकोपलाई नियन्त्रणमा लागेका छौ। साथै चिनियाँ विदेश मन्त्रालयले आपत्कालीन उद्दारका लागि सबैसँग समन्वय गर्ने प्रतिबद्धता जनाएको छ ।

चीनले अत्यन्तै जिम्मेवार ढंगले सबै विदेशी नागरिकको स्वास्थ्यको ख्याल राखेको बताएको छ ।

तत्काल केहि सहयोगको लागि आवस्यक परे काठमाडौंस्थित चिनियाँ दूतावास र विदेश मन्त्रालयलाई सम्पर्क गर्न पनि नेपाललाई चीनले आग्रह गरेको छ ।

तेस्तै विज्ञप्तिमा भनिएको छ ,नेपाल भर्मन वर्ष २०२० लाई हामि सफल बनाउनमा जोड गर्नेछौ । जसको लागि हामि निरन्तर साथमा छौ।

,अहिले कोरोनाक कारण चिनियाँ पर्यटक नेपाल आउन नसकेको र कोरोना नियन्त्रण हुनासाथ चिनियाँ पर्यटकलाई नेपाल पठाउने समेत विज्ञप्तिमा उल्लेख छ ।

चीनमा हाल सम्म कोरोना भाईरसबाट २५९ जनाको मृतु भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको छ भने ११ हजार ७ सय ९१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।