प्रधानमन्त्री ओली भन्छन: अब मृगौला फेर्दै छु म अझै धेरै वर्ष बाँच्छु ,

माघ २१ ,काठमान्डौ – प्रधनमन्त्री ओलीले छिट्टै एउटा मृगौला फेर्ने जानकारी गरेका छन् ।

प्रधानमन्त्री ओली अहिले पनि मृगौलाका बिरामी हुन् र हाल डायलासिस गरेर काम चलाउँदै आएका छन् ।

तर, आफूले अझै धेरै काम गर्न बाँकी रहेकाले मिर्गौला नै फेर्ने निर्णयमा पुगेको प्रधानमन्त्रीको भनाइ छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरु सँगको कुराकानीमा आफुले निकट भविष्यमै आफ्नो एउटा मिर्गौला फर्ने बताएका हुन् ।

उनले अगाडी भने पहिले मैले र प्रचण्डजीले आलोपालो सरकार चलाउने निर्णय भएपनि प्रचण्डको प्रस्तावमा मैले नै ५ वर्ष सरकार चलाउने सहमति भएको छ ।

अझै ३ वर्ष बाँकी छ जसको लागि देशको विकास गर्न तेसै छ । अब डायलासिस गरिरहनुको साटो एउटा मिगौला नै फर्न लागेको हुँ ।

प्रधानमन्त्रीले अहिले पनि नियमित डायलासिस गरिरहेका छन् ।