Gold
Bangad salyan

दृष्टिबिहीन झुप्री भण्डारीको पहिलो गित सम्झि रुना रुना सार्वजनिक ,

द भ्वाईस अफ नेपालमा सम्झी रुना रुना बोलको गितबाट लाखौ दर्शक र कोचको मन जितेकी दृष्टिबिहीन झुप्री भण्डारीको पहिलो गित बजारमा सार्वजानिक भएको छ ।

जनम्दै दृष्टिबिहीन रहेकी झुप्री भण्डारीले यो गित आफै रचना गरेकी हुन् ।यो गितलाई उनले आफ्नो वास्तविक जिबन संग जोडेकी हुन् ।

जुन गितले अहिले बजारमा छोटो समयमानै दर्शकको मन जित्न सफल भएको हो । द भ्वाईस अफ नेपालमा उनले आफै रचना गरेको सुदुरपस्चिमको देउडा गित गाउदा सबै चकित परेका थिए।

कारण अरु सबै कनटेण्ट्ले अर्काको गित गाउने गर्थे तर उनले आफ्नै रचना अगरेको सम्झी रुना रुना म जन्मिदै आमाले मारिनन किन ,।

यहि गित अहिले झुप्री भण्डारीको घरमा पुगेर भिडियो निर्माण गरिएको छ । गीतमा उनको दैनिक जसो गतिविधि र कहानीलाई देखाईएको छ ।

समाजबाट अपहेलित बनेको झुप्रीले नेपाल अडिसन हुँदै ब्लाइन्ड अडिसन पार गरेर द भ्वाईस अफ नेपालमा गाउँदा उनका आलोचकहरु झुप्रीलाई टिभीमा हेर्दै दङ्ग परेका थिए।

अहिले झुप्रिको यो गितलाई देखेर दर्शकहरुनै चकित पर्दै माया गरेको देखिन्छ ।जसले दृष्टिबिहीन हुँदा पनि हिक्मत हार्न सकिन्न भन्ने झुप्रीले समाज र देशमा परिचय दिएकि छिन ।

यो हेर्नुहोस भिडियो