रक्त दान जीवन दान,
फागुन १५ ,काठमान्डौ – सम्पूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्त दान कार्यक्रम गर्ने भएको छ ।
संस्थाले रक्त दान जीवन दान आठौ बृहत रक्तदान गर्न लागेको हो । संस्थाले प्रतेक वर्ष यसै गरि रक्त दान संकलन गरि रेडक्रसलाई उपलब्ध गराउने गरेको छ ।
संस्थाले विगतका वर्ष जस्तै गरि संस्थाको कार्यालय संगै रहेको म्हेपी होटल दिव्या स्टोरनजिक रक्तदान संकलन गर्ने भएको हो ।
यहि १७ गते बिहान ९ बजे संस्थाले रक्तदान दान जीवन दानको आयोजना गरेको छ ।
पछिल्लो समय विभिन्न संघ संथा बैंकले पनि रक्तदान संकलन गरि रेडक्रसलाई बुझाउने गरेका छन् ।

