होलीमा लोला नहान्नु रंगपनि नदल्नु गृहमन्त्रालय ,
फागुन २४ ,काठमान्डौ – रमाइलो गर्ने उदेश्यले विगतको जस्तो होलि पर्वमा रंग दल्ननमिल्ने र लोला नहान्न नेपाल सरकार गृहमन्त्रालयले आग्रह गरेको छ ।
गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बढी भीडभाड हुने कुनै पनि सभा, सम्मेलन भेला,भोजभतेर जस्ता कार्यक्रम नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले भनेको छ, ‘सन्निकट होलीमा विगतमा जस्तो भिडभाड, भेला जम्मा हुने, लोला पानी फ्याक्ने, शरीरमा रंग, अविर दल्ने कार्य पनि जोखिमपूर्ण हुने हुँदा सो कार्य नगर्नु नगराउन अनुरोध छ ।
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ठूलो सभा सभारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको छ ।
सरकार आफैंले सगरमाथा संवाद कार्यक्रम स्थगित गरेको छ भने खेल प्रतियोगिताहरु समेत रोकिएका छन् ।
गृहले कोरोनाको संक्रमण रोक्न उपभोग्य बस्तु खरिद तथा भण्डारणमा हतार नगर्न अपील गरेको छ ।
कोरोना भाइरसको त्रासका कारण सार्वसाधारणले दैनिक उपभोग्य बस्तुका साथै ग्यास भण्डारण गर्न थालेपछि गृह मन्त्रालयले हतार नगर्न अपील गरेको हो ।
साथै कालोबजारी वा कृतिम अभाव गएको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्न समेत आग्रह गरेको छ ।
हाल नेपालमा कोभिड १९ संक्रमण भएका व्याक्ति पत्ता लागेका छैनन् ,यसको प्रसार समुदायमा पानीक छैन ।
आम नागरिकको समन्वय ,सहयोग ,संलागनातामानै कोभिड १९ लाई रोकथाम गर्नसकिने पनि मन्त्रालयले जनाएको छ ।
कोभिड १९ बाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्दै आएका सुचनालाई आम्तासात गरेर सुरक्षित रहन पनि मन्त्रालयले विज्ञप्तिमा जारि गरेको छ ।


