कोरोना पछि नेपालमा ३६ जनालाई डेंगी भेटियो ,
चैत २ ,काठमान्डौ – अहिले विश्वका ११५ देशमा कोरोना भाईरसको संक्रमणले तनाब ग्रस्त बनाएको छ ।
हाल सम्म नेपालमा भने यसको संक्रमण देखिएको छैन । तर नेपालमा कोरोनाको संक्रमणना नदेखीएपनि गर्मिबढेपछि डेंगी देखिन थालेको छ ।
इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जनामा डेंगी देखिएको छ।
प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जनामा डेंगी देखिएको हो।
केहि महिना अगाडी मात्र नेपालमा डेंगीले ११ जनाको मृतु भएको थियो । कोरोना ,डेंगी,जस्ता महामारीबाट बच्न सबैजना सतर्क रहन नेपाल सरकार स्वस्थ्यमंत्रायले आग्रह गरेको छ ।

