असईई परिक्षामा प्रवेशपत्र उपलब्ध गराईदिने भन्दै रकम लिने प्रअ पक्राउ ,
चैत ५ ,जनकपुर – भोलि देखि देशैभर माध्यामिक शिक्षा परिषदको (असईई) परिक्षा सुरु हुन गईरहेको छ ।
विद्यार्थीलाई प्रवेश पत्र दिने नाममा २ हजार रुपैयाँ घूस लिएको आरोपमा धनुषाबाट सामूदायिक विद्यालयका एक जना प्रधानाध्यापक पक्राउ परेका छन् ।
मिथिला नगरपालिका वडा नम्बर २ स्थित जनता माध्यमिक विद्यालय नकटाझिजका प्रधानाध्यापक महेन्द्र मेहतालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले बुधबार २ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।
एसईई) मा सहभागी हुने विद्यार्थीले फारम नभरेको र रकम दिए प्रवेश पत्र उपलब्ध गराइदिने भनेपछि विद्यार्थीले उनाई २ हजार रकम दिइरहेका थिए ।
सोही क्रममा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ