Gold
Bangad salyan

बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सामान्य आज डिस्चार्ज हुँदै ,

चैत ६ काठमान्डौ – पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझा भट्टराई टोखा स्थित शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना भएका थिए ।

भट्टराईको स्वास्थ्य परीक्षण गराउँदा सबै रिपोर्ट सामान्य आएकाले केहीबेरमा डिस्चार्जको तयारी भएको अस्पताल श्रोतले जनायो ।

भट्टराईको गंगालालमा एन्जियोग्राफी गराउँदा सामान्य अवस्था देखिएको हो । गंगालाल अस्पतालको बसाइको क्रममा उनले नेकपा नेता नारायणकाजी श्रेष्ठ समूहलाई लक्षित गरेर कडा ट्वीट गरेका थिए ।