प्रतिनिधिसभा बैठक चैत १३ गते सम्म स्थगित ,
चैत ६ ,काठमान्डौ – सरकारले प्रतिनिधिसभा बैठक चैत १३ गते सम्म स्थगित गतेको छ ।
बिहीबार साँझ बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले भोलिका तय भएको प्रतिनिधि सभाको बैठक १३ गतेसम्मका सार्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण त्रासका कारण भोलिको बैठक सारीएको हो ।राष्ट्रिय सभाको बैठक भने (शुक्रबार) १ बजे बोलाइएको छ ।
यसअघि बुधबार सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्न निर्देशन दिएपनि राष्ट्रियसभा बैठक भने बिहीबार पनि १ घन्टाभन्दा बढी समय बसेको थियो ।

