Gold
Bangad salyan

देशभरका सबै अदालत बन्द ,

चैत ७ ,काठमान्डौ – कोरोना संक्रमणको त्रासले देश भरका सबै अदालत आईतबारदेखि दुई साताका लागि बन्द गरिने भएको छ ।

शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।