बन्द गरियो २ नम्बर गेट ,
चैत १० ,काठमान्डौ – गोंगबुस्थित नयाँ बसपार्क भित्र आवत जावत गर्ने २ नम्बर गेट बन्द गरिएको छ ।
केहि समयको लागि बसपार्कबाट छुट्ने लामो दुरीका सवारी साधन बन्द गरिएको भन्दै दुई नम्बर गेट बन्द गरिएको लोत्से बहूदेश्य प्रा .लि गोंगबु नँया बसपार्कले सुचना टाँसेको छ ।
कोरोना संक्रमण हुननदिन सरकारले आज सोमबार देखि लामो दूरीको यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाएसँगै बसपार्क पनि सुनसान बनेको हो ।
यो संगै नयाँ बसपार्क सुनसान देखिएको छ ।तेस्तै बसपार्क नजिकका सबै पसलहरु बन्द छन् । छिटफुट मात्र सडकमा अकेही मानिसहरु देखिन्छन ।
तेस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा पनि चहलपहल देखिँदैन ।सरकारले विदेशबाट आउने अन्तराष्ट्रिय उडानमा रोक लगाएको छ आन्तरिकतर्फ भने निर्वाध रुपमा जहाज चलिरहेका छन् ।
राजधानीका अधिकांस ठाँउहरु सुनसान देखिने गरेका छन् ।








