Gold
Bangad salyan

काठमान्डौमा फेला पर्यो कोरोना संक्रमित व्याक्ति ,

चैत १० ,काठमान्डौ – नेपालमा हाल सम्म कोरोना संक्रमणका बिरामी फेला परेका थिएनन सबै खुसिनै थिए ।

तर आज काठमान्डौमा कोरोना संक्रमित ब्याक्ति भेटिएका छन् । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी १९ वर्षकी युवतीमा कोरोना संक्रमण फेला परेको हो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन् ।

उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । चैत ४ गते पनि सरकारले विमानस्थलमा चेक जाँच गरेको थियो त्यो बेलामा उनीमाथि कुनै संक्रमण फेला परेको थिएन ।

उनी होम क्वारेन्टाइनमा बसेकी थिइन् ।तर आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अब उनीसँगै आएका र परिवारका सदस्यहरु पहिचान गरी आइसोलेसनमा राख्ने र परीक्षण गर्ने तयारी भइरहेको छ ।

कोरोना संक्रमित फेलापरेपनि उनीमाथि राम्रो सेवा सुविधासहित उपचार भईरहेको स्वास्थ्यमन्त्रि भानुभक्त ढकालले संचारकर्मीको प्रशनमा जवाफ दिएक छन् । संक्रमितको नाम भने गोप्य राखीएको ढकालले बताए ।

थप सुचना पछि दिने पनि उनले बताए ,यस्तो बाट थप पाठ सिक्ने र धर्यता नगुमाउन पनि ढकालले बताएका छन् ।

विगतमा पनि एक जनामा संक्रमित फेला परेपनि पछि नेगेटिभ भएर गएको पनि उनले बताए ।