बुद्ध एयरले गर्यो सुर्खेत-काठमाडौं उडान परिक्षन ,,
चैत २१ – बुद्ध एयरले सुर्खेत-काठमाडौं उडान परिक्षन गरेको छ साथै उडान सफल भयको छ अब नियमित उडान गर्ने क्याप्टेनद्वय रञ्जनकुमार शर्मा र आङ्गेलो शेर्पा लगायतको प्राविधिकसहितको टोलीले बतायाको छ । कर्णालीप्रदेशको राजधानीलाई सिधा काठमाडौंसँग जोड्नका लागि ९एन-एआईएन कल साइनको बुद्ध एयरले जहाजले परीक्षण उडान गरेको हो ।
क्याप्टेनले दिएको जानकारी अनुसार ४७ सिट क्षमताको जहाज उडान भर्नाका लागि सुर्खेत विमानस्थल उपयुक्त छ । नियममित उडान भर्ने बुद्ध एयरका निर्देशक खगेन्द्र बस्नेतले दिएको जानकारी अनुसार अबको हप्तादिनभित्रै प्राविधिक टोलीले प्रतिवेदन तयार पारेपछि मात्रै नियमित उडान भर्ने छ यात्रु संख्याको आधारमा ६ देखि ७ सम्म भाडातय हुने जानकारी छ साथै यात्रु को चापअनुसार दिनमा २/३ पटक उडानगर्न सक्ने बुद्द एयर्ले जानकारी दियको छ ।
।
परीक्षणको लागि उडानका लागि प्रदेश ५ को नेपालगञ्जदेखि करिब १० बजे जहाज सुर्खेत अबतरण गराइएको थियो । अबको केही दिनमै सुर्खेत-काठमाण्डौं सिधा हवाई उडान सुरु हुने छ ।जहाजलाई स्वागत गर्ने प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री नरेश भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालयागत विमानस्थल पुगेको थिए ।त्यस्तै सुर्खेतस्थित उद्योग वाणिज्य संघका पदाधिकारीहरु, होटल व्यवसायीहरुले पनि चालकदलका सदस्यहरु र क्याम्पटेनलाई स्वागत गरेका थिए ।