वीर असपतालमा दुई जनाको मृतु कोरोना परिक्षनको लागि स्याम्पल पठाईयो ,
चैत १७ ,काठमान्डौ – काठमान्डौको वीर अस्पतालमा दुई जनाको मृतु भएको छ ।हिजो एकजना युवती अचानक बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो ।
निमोनिया भएका कारण उनलाई आईसियुमा राखीएको अस्पताल विशेष श्रोतले जनाएको छ ।तेस्तै एक जना युवकलाई आज बेहोस अवस्थामा अस्पताल ल्याईएको थियो ।
दुवैको मृतु भैसकेको छ । मृतुको कारण भने थाहाहुन सकेको छैन । दुवैको कोरोना परीक्षणका लागि स्याम्पल टेकु अस्पतालमा पठाइएको वीर अस्पतालका निर्देशक केदार सेन्चुरीले जानकारी गराए ।
तेस्तै आज बिहान पाटन अस्पतालमा कोरोन आसंका गरिएका एक युवकको आईसोलेसन्मा मृतु भएको छ ।उनको पनि कोरोना परिक्षनको लागि स्याम्पल टेकु पठाईएको छ ।

