वडा अध्यक्ष बरईद्वारा अति विपन्न घरपरिवारलाई राहत वितर,
चैत १८ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका वडा नं।-४ मा लकडाउनमा अति विपन्न घरपरिवारलाई राहतको रुपमा चामल वितरण गरिएको छ ।
दैनिक मजदुरी गरि घरखर्च चलाउने अति विपन्न परिवारलाई प्रतापपुर गाउपालिकाको वडा नं. ४ का वडा अध्यक्ष जन्त्री बरई प्रसाद बरई द्वारा ६० घरधुरीलाई राहत स्वरुप १० किलोग्रामको दर चामल बितरण गर्नु भएको छ ।
लकडाउनको समयमा घरमै बस्न बाध्यता रहेकोले छाक टार्न समस्या भएका अति विपन्न घरपरिवारलाई राहत वितरण गरेको वडा अध्यक्ष बरईले जानकारी गराए ।
विश्वव्यापी रुपमा फैलिदै गएकाे काेराेना भाइरस (काेभिड-१९) महामारीको कारण सरकारले गरेकाे लकडाउनमा वडा भित्र रहेका अति विपन्न परिवारले दिनभरिकाे ज्यालाले छाक टार्दै आईरहेका परिवारलाई अहिले छाक टार्न समस्या रहेकाे बेलामा सबैले आ आफ्नो ठाउबाट अति विपन्न घरपरिवारलाई सहयाेग गर्नुपर्ने अवस्था रहेकाे बरईले बताउनु भयाे ।
कुनै पनि घरपरिवारलाई छाक टार्न समस्या भए मलाई तुरुन्तै सम्पर्क गर्नु भनि सबैमा वहाले आवहान गर्नु भयो ।
अबकाे दिनमा यहाकाे जनताहरुलाई साबुन माक्स लगायतका सामाग्री बितरण गर्ने याेजना रहेकाे समेत बताउनु भएको थियो ।
अंगद यादव,नवलपरासी पश्चिम,

