बनगाड कुपिण्डे नगरपालिकाले छरेको कोरोना रोकथामको किटनाशक औषधि प्रभावकारी मुलक छैन ,
चैत २३ ,काठमान्डौ – कर्णाली परदेशको बनगाड कुपिण्डे नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि छर्केको क्लोरोरिन किट्नाशन औषधि प्रभावकारी नभएको स्थानीयले बताएका छन् ।
बनगाड कुपिण्डे नगरपालि वडा न ,११ धारापानी रैकरमा आज बिहान दमकलले छर्केको किटनाशक औषधि गन्ध समेत नआउने गरेको रैकरबासि स्थानिले बताए ।
उपियाँ उडुस मार्ने औषधि पनि गन्ध आउछ तर खै कस्तो किटनाशक औषधि हो हामीले छर्केको स्थानमा सुघ्ने काम गर्यौ तर केहि पनि गन्ध आउदैन ।
तेस्तै दमकलले किटनाशक औषधि सडकमा मात्र छर्केर गएको उनीहरु बताउछन । घरको वरपर करेसामापनी छर्कने भनेर बिहानै देखि आएर सुरक्षाकर्मीले हामीलाई ढोका बन्द गरि भित्र बस्न र सटर बन्द गर्न आवहान गरे ।
हामिले भने जस्तै गरिउ तर घरमा छर्कने काम भएन सडकमा छर्केर गाडी गयो । तेस्तै विश्वमहामारीको बेला सम्म नगरपालिकाले अहिले सम्म स्थानीय वडामा जनचेतनामुलक कार्यक्रम नगरेको ११ न . वडाबासि बताउछन ।
नगरपालिकाको ११ न ,का गाँउ,टोल माझकाँडा आपचौर ,पाँचारे,पराजुल ,कौचे ,लाछुखाले ,पाखापानी ,खनियाखर्क लगायतमा हाल सम्म कुनै राहत वा कोरोना संक्रमण रोकथामको जनचेतनामुलक संदेश जनप्रतिनिधिले नगरेको स्थानीय बासि बताउछन ।
संक्रमण मुलुक देखि मजदुर हरु भने आउने र गाँउ पस्ने क्रम जारि रहेको उनीहरु बताउछन ।नेपालमा पनी कोरोनाको दोश्रो चरण भनेर स्वास्थ्य मन्त्रालयले भनिसकेको बेला संक्रमण मुलुकबाट आएकाहरु कतै संक्रमित छन् कि भन्ने डर लाग्छ स्थानि हेमु ओलीले भने ।
नगरपालिकाले हिजो देखि सल्लीबजार ,ढोरपिपल ,वालुवासंग्रहि ,रैकरमा कोरोन रोकथाम तथा अन्य किटाणु नस्ट गर्न क्लोरों किटनाशक औषधि छर्कने गरेको बताएको छ ।

