सुर्खेतमा कोरोना अफवाह फैलाउने एक जना पक्राउ ,
वैशाख ३ ,सुर्खेत – कोरोना भाईरस अफवाह फैलाउने सुर्खेतका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरेन्द्रनगर,८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्गलबार साँझ पक्राउ गरेको हो ।
आचार्यले आफ्नो फेसबुकमा सुर्खेतमा पनि एक जना कोरोना संक्रमित फेला परेको पुस्टि हुन बाँकी भनेर पोस्ट गरेको पाईएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले आचार्यलाई कारवाही गर्न अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए ।
यो पनि ,
प्रहरीले ‘लेकबेँसी नगरपालिका वडा नं १ मा एक जनामा कोरोना देखियो’ भनेर फेसबुकमा पोष्ट गर्ने पे्रम विवश नामक प्रयोगकर्तालाई पनि खोजी गरिरहेको बताएको छ ।
सुर्खेतमा हाल सम्म कुनैपनि कोरोना संक्रमित फेलापरेका छैनन् । सामाजिक संजालमा अन्वास्यकच कोरोना संबन्धि भ्रम फैलाउने गरेको र जनतामा त्रास फैलाएको भन्दै प्रहरीले तेस्ता प्रयोग कर्ताहरुलाई विभिनन जिल्लाबाट पक्राउ गर्ने गरेको छ ।

