धरानमा पनि चिकित्सकलाई प्रहरीले पाइपले निलडाम हुने गरि कुटयो ,
वैशाख ४ ,काठमान्डौ – धरानमा पनि चिकित्सकलाई प्रहरीले पाइपले कुटेको घटना बाहिरिएको छ ।
कोभिड १९ को बेला दिन रात नागरिकमाथि खटिएका टोलिमाथि प्रहरीले ठाँउ-ठाँउमा कुट्ने गरेको छ ।
धरान महानगरपालिका-२० पानवारीमा प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै परिचयपत्र देखाउँदा पनि स्वास्थ्यकर्मीमाथि पाईपले कुटपिट गरेको छ।
आज बिहान ७ बजे स्वास्थ्यकर्मी चन्द्रप्रकाश खनालले बिरामीको उपचार गर्न जाँदै गर्दा सोही क्रममा उनले पानमारा चौकीका प्रमुख भेषबहादुर राउतलाई परिचयपत्र देखाउँदै गर्दा आफूलाई पाइपले हानेको बताए।
प्रेसरको बिरामीलाई बिहानै भेट्न जाँदा परिचयपत्र देखाउँदा पनि प्रहरीले कुटेको बताए ।
उनको ढाडमा भने निलडाम छ यो विषयमा इलाका प्रहरी कार्यालय धरानका प्रमुख ढुण्डीराज न्यौपानेले भने कुटपिट नभएको दाबी गरे ।
उनले भने परिचयपत्र नबोकेर मोटरसाईकिलमा हिडेको र सुध पुछ गर्दा सामान्य विवाद भएको उनले बताए ।

